neapl investment mega bank

रियल मड्रिड घरेलु मैदानमा पराजित

Sep 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ असोज

यूईएफए च्याम्पियन्स लिग फुटबलमा एफसी सेरिफले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । मंगलबार राति भएको समूह ‘डी’ को खेलमा एफसी सेरिफले रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको मैदानमा सेरिफलाई जित दिलाउन यख्शिबोएव र सेबास्टियन थिलले एक एक गोल गरे।रियलका करीम बेन्जेमाले एक गोल गरे ।

खेलको २५ औं मिनेटमा सेरिफका यख्शिबोएवले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६५ औं मिनेटमा रियलका करीम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।

तर, खेलको ८९ औं मिनेटमा सेरिफका सेबास्टियन थिलले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै समूह ‘डी’ मा रहेको सेरिफले दुई खेलबाट छ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित रियल मड्रिडको दुई खेलबाट तीन अंक छ र समूहको दोस्रो स्थानमा छ ।