neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको फराकिलो जित

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको फराकिलो जित

Sep 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ असोज

यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको समूह ‘बी’ को खेलमा लिभरपुलले एफसी पोर्टोलाई उसकै मैदानमा ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्टोको मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र रोबर्टो फर्मिनोले दुई-दुई गोल गरे भने साडियो मानेले एक गोल गरे ।पोर्टोका मेहेंदी तारामीले एक गोल गरे ।

खेलको १८ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६० औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ७४ औं मिनेटमा पोर्टोका मेहेंदी तारामीले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए।

खेलको ७७ औं मिनेटमा रोबर्टो फर्मिनोले गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

त्यसपछि खेलको ८१ औं मिनेटमा फर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ मा रहेको लिभरपुलले दुई खेलबाट छ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित पोर्टोको दुई खेलबाट एक अंक छ र समूहको तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi