neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटी पीएसजीसँग पराजित ,पिएसजीको लागि मेस्सीले गरे पहिलो गोल

सिटी पीएसजीसँग पराजित ,पिएसजीको लागि मेस्सीले गरे पहिलो गोल

Sep 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ असोज

च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । मंगलबार राति भएको समूह ‘ए’ को खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन इद्रिसा गुई र लियोनल मेस्सीले एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमा इद्रिसा गुईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा एमबाप्पेको पासमा लियोनल मेस्सीले पिएसजीका लागि पहिलो गोल गर्दै टोलीलाई २-० को जित दिलाए । मेस्सी यसै सिजनमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आएका थिए ।

जितसँगै समूह ‘ए’ मा रहेको पीएसजीले दुई खेलबाट चार अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित सिटीको दुई खेलबाट तीन अंक छ र समूहको तेस्रो स्थानमा छ ।