neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकको पस कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पस कारोबारमा क्यास ब्याक अफर

Sep 28th, 2021

काठमाडौ, असोज १२

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दे विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाईन्ट अफ सेल (पस) को माध्यमवाट प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वा्प गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्वाप् गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाप् मा पाँच प्रतिसत अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वाप् मा १० प्रतिसत वा अधिकतम क्यास ब्याक वा सात सय ५० रुपैयाँ र ११ देखी १५ पटकको कार्ड स्वाप् मा १५ प्रतिसत वा अधिकतम क्यास ब्याक वा एक हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।