neapl investment mega bank
  • गृहपृष्ठ
  • सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

Sep 28th, 2021

काठमाडौ, असोज १२

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यकाकाम र सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताएकाछन । सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘दीगो विकास लक्ष्यः सूचनामा पहुँचको अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठी बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएकाहुन ।

केन्द्रदेखि तल्लो तहसम्मका सूचना प्राप्त गर्नु संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हक हो भन्ने विषयबै सर्वसाधारण जनता, श्रमिक तथा किसानहरुलाई जानकारी हुनुपर्ने उनले बताए । ‘जनताले सूचनाको हक र पहुँचका बारेमा बुझ्न सक्ने र प्रश्न सोध्न सक्ने बनाउनुपर्दछ,’ उनले भने, ‘यसका लागि सबै राजनीतिक दल, तीन तहका सरकार, नागरिक समाज, बुद्धिजीवी लगायतले सचेत रुपमा भूमिका खेल्नुपर्दछ ।‘
अध्यक्ष तिमिल्सिनाले सूचनाको हकको प्रयोग सबैभन्दा बढी वडा तहमा कार्यान्वयन भए सर्वसाधारणले सरकारका सेवा सुविधा लिन सक्ने र सरकारहरु पारदर्शी हुने धारणा राखे । ‘नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउन, जननिर्वाचित प्रतिनिधिलाई सचेत र जिम्मेवार बनाउन, भ्रष्टचार न्यूनीकरण र अन्त्य गर्न सबै सूचना सार्वजनिक हुन जरुरी छ,’ सो अवसरमा तिमिल्सिनाले भने । अध्यक्ष तिमिल्सिनाले विकास निर्माणका कामहरुको बारेका सम्पूर्ण सूचनामा सर्वसाधरणको पहुँच हुनुपर्ने बताए ।

‘अहिले आयोजनाको सामान्य जानकारी दिने बोर्ड राख्ने चलन छ । तर, आयोजनाको सम्झौताको दस्तावेज सार्वजनिक गर्न आनकानी गरिन्छ,’ उनले भने,‘आयोजना कार्यान्वयनको गुणस्तरमा प्रभाव पार्ने सामग्रीहरु, मात्रा, प्रभाव पार्ने क्षेत्र बारेमा जानकारी नहुँदा आयोजना पारदर्शी हुँदैनन्, कमसल हुन्छन्, समयमा सम्पन्न हुँदैनन्, उपभोक्ताले प्रभावकारी उपभोग गर्न पाउँदैनन् र राज्यको सम्पत्तिको क्षति हुन्छ।त्यसैले सबै काम सूचना पारदर्शी हुन जरुरी छ ।