neapl investment mega bank
  • गृहपृष्ठ
  • युवा उद्यमी तथा समाजसेवी सौरभ दुगर प्रबल जनसेवा श्री बाट सम्मानित

युवा उद्यमी तथा समाजसेवी सौरभ दुगर प्रबल जनसेवा श्री बाट सम्मानित

Sep 27th, 2021

काठमाडौ, असोज ११

के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदबीबाट बिभुसित गरिने घोषणा गरिएको छ । संबिधान दिवसको अबसरमा नेपाल सरकार को सिफारिसमा राष्ट्रपती बिद्या देवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी मध्य सौरभ दुगरलाई उक्त सम्मानको घोषणा गरिएको हो ।

मुलुकमा युवा उध्यमशिलताको बिकास, समग्र औधोगिक ब्यबसायिक क्षेत्रको बिकासमा युबा उध्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् । युवा तथा जागरिला उध्यमी सौरभ दुगर सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सकृय छन् । समाज तथा समग्र औधोगिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सौरभ दुगरलाई सो मानपदबी प्रदान गरिने भएको कम्पनीले जनाएको छ ।