neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघका अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्ड बीच भेटवार्ता

महासंघका अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्ड बीच भेटवार्ता

Sep 27th, 2021

काठमाडौ, असोज ११

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासंग अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले सोमबार महासंघको सचिवालय टेकूमा भेट गरेकाछन ।

भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा चर्चा भयो ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे । साथै उहांले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार रहेको बताए ।