neapl investment mega bank
  • गृहपृष्ठ
  • सोमबार थप एक हजार २८२ जनामा कोरोना सङ्क्रमण, १२६२ जना डिस्चार्ज, सात को मृत्यु

सोमबार थप एक हजार २८२ जनामा कोरोना सङ्क्रमण, १२६२ जना डिस्चार्ज, सात को मृत्यु

Sep 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज ११

सोमबार थप एक हजार २८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ४८८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ४८८ जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख ७४ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १२६२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२६२ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ ।

थप सात को मृत्यु

पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०३ दुई पुगेको छ।