neapl investment mega bank
  • गृहपृष्ठ
  • एमसिसि मुलुकको आर्थिक हितका भएको भन्दै अनुमोदन गर्न डा. महतको आग्रह

एमसिसि मुलुकको आर्थिक हितका भएको भन्दै अनुमोदन गर्न डा. महतको आग्रह

Sep 27th, 2021

आधारभूमि संवाददाता

असोज, ११ काठमाडौं

नेपाली कांग्रेस नेता डा. राम शरण महतले एमसिसि मुलुकको हितका लागि भएकोले त्यसको अनुदान साहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

डा. महतले आफ्नो सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै एमसिसिलाई लामो समय अल्झाएर राख्नु नहुने वताउनुभएको छ । उहाँले नेपालको अर्थतन्त्र सुधारको लागि प्राप्त हुने सहयोग संबन्धी संझौताबारे ग़लत अर्थ नलगाउन समेत आग्रह गर्नुभयो ।

उहाँका अनुसार आन्तरिक बिज्ञहरूको अध्ययनबाट छानिंएको ऊर्जा एवं यातायात क्षेत्रका परियोजना कार्यान्वयनका लागि आउने ठूलो अनुदान सहायता मुलुकको आर्थिक हितका लागि हो ।

सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त परियोजनाका लागि नेपाल २०११ मा छनोट भएको थियो ।

त्यसको कार्यविधि २०१४ मा बन्यो । नेपाल सरकारले निजी क्षेत्र, नागरिक समाज तथा सम्बन्धित पक्षहरूसँग छलफल गरेपछि मात्रै उक्त सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका थिए ।

अहिले सो अनुदान नेपाल भित्याउन हुने कि नहुने भनेर राजनीतिक रुपमा तिव्र बहस भैरहेको छ ।