neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्सको कठिनाई जित

Sep 27th, 2021

आधारभूमि संवाददात

काठमाडौ, असोज ११

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले कठिनाई जित निकालेको छ ।आइतबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन पाउलो डिबाला,लियोनार्डो बोनुची र म्यानुअल लोकाटेलीले एक-एक गोल गरे ।साम्पडोरियाका माया योशिदा र एन्टोनियो कान्ड्रेभाले एक-एक गोल गरे ।

खेलको दशौं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।

खेलको ४३ औं मिनेटमा लियोनार्डो बोनुचीले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

लगतै,४४ औं मिनेटमा साम्पडोरियाका माया योशिदाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५७ औं मिनेटमा युभेन्ट्सका म्यानुअल लोकाटेलीले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए ।

खेलको ८३ औं मिनेटमा साम्पडोरियाका एन्टोनियो कान्ड्रेभाले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र युभेन्ट्सले जित निकालेको हो ।

जितसंगै युभेन्ट्सले छ खेलबाट आठ अंक जोडेको छ र नवौं स्थानमा छ । पराजित साम्पडोरियाको छ खेलबाट पाँच अंक छ र १५ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi