neapl investment mega bank

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

Sep 26th, 2021

काठमाडौ, असोज १०

मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।