neapl investment mega bank
  • गृहपृष्ठ
  • एट्लान्टासँग बराबरीमा रोकियो इन्टर मिलान

एट्लान्टासँग बराबरीमा रोकियो इन्टर मिलान

Sep 26th, 2021

आधारभूमि संवाददात

काठमाडौँ, १० असोज

इटालियन सिरी (ए) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता इन्टर मिलान एट्लान्टासँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा इन्टर मिलानले एट्लान्टासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा इन्टर मिलानको लागि लौटारो मार्टिनेज र एडिन डजेकोले एक-एक गोल गरे भने एट्लान्टाको लागि रुस्लान मालिनोव्स्की र राफेल तोलोईले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता इन्टर मिलानले लिएको थियो । खेलको पाँचौं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए।

तर, खेलको ३० औं मिनेटमा एट्लान्टाका रुस्लान मालिनोव्स्कीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ३८ औं मिनेटमा एट्लान्टाका राफेल तोलोईले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर, दोस्रो हाफको ७१ औं मिनेटमा इन्टर मिलानका एडिन डजेकोले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै इन्टर मिलानको छ खेलबाट १४ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। एट्लान्टाको छ खेलबाट ११ अंक छ र पाँचौं स्थानमा छ ।