neapl investment mega bank
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार आठौं जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार आठौं जित

Sep 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १० असोज

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार आठौं जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन इद्रिसा गुई र जुलियन ड्रेक्सलरले एक-एक गोल गरे ।

खेलको १४ औँ मिनेटमा इद्रिसा गुईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा जुलियन ड्रेक्सलरले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै पीएसजीले आठ खेलबाट २४ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित मोन्टपेलियरको आठ खेलबाट नौ अंक छ र तालिकाको ११औं स्थानमा छ ।