neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सहज जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सहज जित

Sep 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ९ असोज

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बायर्न म्युनिखले फर्थलाई ३–१ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन थोमस मुलर र जोशुआ किमिचले एक एक गोल गरे। बायर्नले एक गोल आत्म्घाती उपहार पाएको थियो।फर्थका सेड्रिक इत्तेनले एक गोल गरे।

खेलको दशौं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा जोशुआ किमिचले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४८ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियोे । बायर्नका बेन्जामिन पावडले रातो कार्ड पाउदै मैदान छाड्नु परेको थियोे ।तर,त्यस्को फाइदा फर्थले उठाउन सकेन।

खेलको ६८ औं मिनेटमा फर्थका सेबेस्टियन ग्रिसबेकले आत्म्घाती गोल गरे पछि बायर्न ३-० ले अघि बढ्यो ।

खेलको ८७ औं मिनेटमा फर्थका सेड्रिक इत्तेनले एक गोल फर्काएका थिए ।

जितसँगै बायर्नले छ खेलबाट १६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित फर्थकको छ खेलबाट एक अंक छ र तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi