neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सी सिटीसँग पराजित

Sep 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ९ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । शनिबार भएको खेलमा चेल्सीलाई सिटीले १-० गोलले पराजित गरेको हो ।

चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन गेब्रियल जिजसले विजयी गोल गरे ।जिजसले खेलको ५३ औँ मिनेटमा जोआओ क्यान्सलोको पासमा गोल गरेका हुन् ।

जितसंगै सिटीले छ खेलबाट १३ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित चेल्सीको पनि छ खेलबाट १३ अंक छ र तालिकाको तेस्रो स्थानमा रहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi