आधारभूमि संवाददाता
काठमाडौ, ९ असोज
शनिवार थप ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार ५७९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९० हजार ६६२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ५७९ जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख ४६ हजार ७८३ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप १३७१ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १३७१ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ५९ हजार ८७५ पुगेको छ ।
थप ६ को मृत्यु
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७ पुगेको छ।