neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

श्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

Sep 25th, 2021

काठमाडौं, असोज ९

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट श्रोत नखुलेको नगद ९५ लाख रुपैयाँ सहित भारत मुम्बई महाराष्ट्र प्रदेश साङ्ली थाना घर बताउने २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार मालीको साथबाट नगद ५० लाख र अढाडेको साथबाट ४५ लाख गरी उक्त श्रोत नखुलेको रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi