neapl investment mega bank
  • गृहपृष्ठ
  • शुक्रवार थप एक हजार ४७६ जनामा कोरोना सङ्क्रमण, १५५० जना डिस्चार्ज, नौ को मृत्यु

शुक्रवार थप एक हजार ४७६ जनामा कोरोना सङ्क्रमण, १५५० जना डिस्चार्ज, नौ को मृत्यु

Sep 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज ८

शुक्रवार थप एक हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ६९० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८९ हजार ८७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ६९० जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख ४६ हजार ७८३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १५५० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १५५० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ५८ हजार ५०४ पुगेको छ ।

थप नौ को मृत्यु

पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८१ दुई पुगेको छ।