काठमाडौँ, ८ असोज
पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा एक जना घाइते भएका छन्। तीन जना बेपत्ता भएका छन्। ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलामा खसेको थियो ।
कारमा सवार पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ।
कारसहित चालक पोखरा १७ कै प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ।
ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको वताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति करिब पौने १२ बजे कार दुर्घटनाको खबर आएपछि खोजी कार्य सुरु गरेको भए पनि तीन जना अझै फेला परेका छैनन् ।