neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १ हजार २३९ जनामा कोरोना सङ्क्रमण, १३२४ जना डिस्चार्ज, १३ को मृत्यु

थप १ हजार २३९ जनामा कोरोना सङ्क्रमण, १३२४ जना डिस्चार्ज, १३ को मृत्यु

Sep 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ७ असोज

बिहीबार थप १ हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार २४३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८८ हजार ७६९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार २४३ जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख ३६ हजार २०८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १३२४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १३२४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ ।

थप १३ को मृत्यु

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७२ पुगेको छ।