आधारभूमि संवाददाता
काठमाडौँ, ७ असोज
असोज महिनामा बैंकहरुले दिएको ब्याजदर नियाल्ने हो भने सनराइज बैंकले सबैभन्दा बढि ब्याज दिएको देखिएको छ। यसले अहिले एक वर्षे मुद्दति निक्षेपमा १० दशमलव शुन्य सात प्रतिशत ब्याज दिएको छ ।
गत भदौमा ७ प्रतिशत ब्याज दिएको यो बंैंकले असोजमा आएर यो ब्याजदरमा थप ३ दशमलव शुन्य सात प्रतिशत बढाएको देखिन्छ ।
त्यस्तै सेञ्चुरी बैंकमा राख्नेलेपनि उच्च मात्रामा ब्याज पाउने देखिन्छ । एक महिनामा मात्रै यस्तो ब्याजदर २ प्रतिशतले बढेको देखिएको छ । जसले अहिले एक वर्षे मुद्दति निक्षेपमा ९ दशमलव दुई पाँच प्रतिशत ब्याज दिएको देखिन्छ।
सबैभन्दा कम ब्याज दिनेमा भने स्ट्याण्डर्ड चार्टड बैंक देखिन्छ । जसले अहिले ७.५० प्रतिशत मात्रै ब्याज दिने बताएको छ।
एक वर्षे मुद्दति निक्षेपमा बैंकहरुको ब्याजदरमा भएको परिवर्तन ( प्रतिशतमा)