neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेड काराबाओ कपबाट बाहिरियो

Sep 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ असोज

म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलबाट बाहिरिएको छ ।काराबाओ कपको तेस्रो चरणको खेलमा वेस्ट ह्यामसँग युनाईटेड पराजित भएको हो ।गएराति भएको खेलमा वेस्ट ह्यामले युनाईटेडलाई १–० ले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन म्यानुएल लान्जिनीले विजयी गोल गरे ।लान्जिनीले खेलको नवौं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै वेस्ट ह्याम काराबाओ कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।वेस्ट ह्यामले अब म्यानचेस्टर सिटीसंग खेल्नेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi