neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिडको फराकिलो जित,एसेन्सियोको ह्याट्रिक

रियल मड्रिडको फराकिलो जित,एसेन्सियोको ह्याट्रिक

Sep 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ असोज


रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ ।बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले मल्लोर्कालाई ६-१ गोलले पराजित गरेको हो।

घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन मार्को एसेन्सियोले ह्याट्रिक,करीम बेंजामाले दुई र इस्कोले एक गोल गरे । मल्लोर्काका ली कङ इनले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा रियलका करीम बेंजामाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २४ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको २५ औं मिनेटमा मल्लोर्काका ली कङ इनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।

तर,खेलको २९ औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

दोस्रो हाफको ५५ औं मिनेटमा एसेन्सियोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ४-१ ले अघि बढाए।

खेलको ७८ औं मिनेटमा करीम बेंजामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-१ ले अघि बढाए।

त्यसपछि खेलको ८४ औं मिनेटमा इस्कोले गोल गर्दै टोलीलाई ६-१ को शानदार जित दिलाए ।

जितसंगै रियल मड्रिडलेले छ खेलबाट १६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित मल्लोर्काको छ खेलबाट आठौं अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi