neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा युभेन्ट्सको पहिलो जित

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सको पहिलो जित

Sep 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ असोज

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन मोइस केन,फेडेरिको चीएसा र म्याथिजश डी लिग्टले एक-एक गोल गरे ।स्पेजियाका इमानुएल ग्यासी र जेनिस एन्टीस्टेले एक-एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मोइस केनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर,खेलको ३३ औं मिनेटमा स्पेजियाका इमानुएल ग्यासीले गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो हाफको ४९ औं मिनेटमा स्पेजियाका जेनिस एन्टीस्टेले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर,खेलको ६६ औं मिनेटमा युभेन्ट्सका फेडेरिको चीएसाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ७२ औं मिनेटमा युभेन्ट्सका म्याथिजश डी लिग्टले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले पाँच खेलबाट पाँच अंक जोडेको छ र तालिकाको १३ औं स्थानमा छ ।पराजित स्पेजियाको पाँच खेलबाट चार अंक छ र तालिकाको १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi