neapl investment mega bank
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार सातौं जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार सातौं जित

Sep 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ७ असोज

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले लगातार सातौं जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन अच्राफ हाकिमीले दुई गोल गरे ।मेट्जका बुबाकर कौयतले एक गोल गरे ।

खेलमा पहिलो अग्रता पीएसजीले लिएको थियो । खेलको पाँचौं मिनेटमा हाकिमीलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको ३९ औं मिनेटमा मेट्जका बुबाकर कौयतले गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मेट्ज १० खेलाडीमा समेटिएको थियोे।मेट्जका डिलन ब्रोनले रातो कार्ड पाउदै मैदान छाड्नु परेको थियोे ।जसको फाइदा पीएसजीले उठायो ।

इन्जुरी समयको पाँचौं मिनेटमा पीएसजीका हाकिमीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै पीएसजीले सात खेलबाट २१ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित मेट्जको सात खेलबाट तीन अंक छ र तालिकाको पुछारमा छ ।