neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अपहरणमा संलग्न फरार प्रतिवादी ११ बर्ष पछि पक्राउ

अपहरणमा संलग्न फरार प्रतिवादी ११ बर्ष पछि पक्राउ

Sep 22nd, 2021

काठमाडौ, असोज ६

अपहरणमा संलग्न फरार प्रतिवादी ११ बर्ष पछि पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपापलका वडा नं.१२ मुलाबारीका राजेन्द्र कुमार पण्डित भन्ने ४५ बर्षिय राजेन्द्र पण्डितलाई नुवाकोटको मुलबारीबाट मंगलबार पक्राउ गरिएको हो ।

बिसं २०७६ जेठ चार गते बि.पि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई जिल्ला चितवन भ.न.पा. वडा नं. १० हाकिमचोक स्थित हिमचुली विकास बैंक नजिक भित्री सडकवाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक वनाई राखेकोमा फिरौती वापत एक करोड १० लाख रुपैयाँ बराबरको तीन किलो सुन लिएपछि २०६७ जेठ २२ गते अपहरण मुक्त गरी फरार रहेका राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डित भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा निज नेपाल आएको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जादा निजलाई यही असोज पाँच गते जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. १२ मा यस ब्यूरोको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौ सिआईबीले जनाएको छ ।

साथै, फैसला कार्यान्वयनको सिलसिलामा २०७० माघ १० गते पुनरावेदन अदालत हेटौडाबाट मुलिकी ऐन (२०२०) अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. वमोजिम सात बर्ष कैद र सोही महलको ७ नं. वमोजिम दुई बर्ष थप कैद गरी जम्मा नौ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको समेत सिआईबीले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi