neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल मदिरा उत्पादक संघको ९ औं साधारण सभा सम्पन्न

नेपाल मदिरा उत्पादक संघको ९ औं साधारण सभा सम्पन्न

Sep 22nd, 2021

काठमाडौ, असोज ६

नेपाल मदिरा उत्पादक संघको ९ औं साधारण सभा सम्पन्न भएको छ । यहि असोज ३ गते आइतवार सम्पन्न नवौ साधारणसभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नेपाल मदिरा उत्पादक संघको नया कार्यसमितिको अध्यक्षमा वैजु प्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री, राजेन्द्र उप्रेती महासचिव, वरुण कुमार शााह सचिव पदमा चयन भएकाछन ।

यस्तै नेपाल मदिरा उत्पादक सघको नयाँ कार्यसमितिको सदस्यहरुमा किसन धनावत , भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएकाहुुन । सम्पुर्ण कार्य समितिहरु सर्वसम्मतिमा चयन भएको धनुषा डिष्टिलरी प्रा लि का चेयरमेन किसन धनावतले बताए ।