neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

काराबाओ कपमा सिटीको सानदार जित

Sep 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ असोज

काराबाओ कप फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले तेस्रो डिभिजनको क्लब वायकोम्बेलाई ६–१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रियाद महारेजले दुई गोल गरेका थिए । त्यस्तै केविन डे ब्रुइन, फिल फोडेन,फेरन टोरेस र कोल पार्मरले एक-एक गोल गरे ।वायकोम्बेका ब्रान्डन हन्लनले एक गोल फर्काए।

खेलमा पहिलो अग्रता वायकोम्बेले लिएको थियो । खेलको २२ औँ मिनेटमा वायकोम्बेका ब्रान्डन हन्लनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको २९ औं मिनेटमा सिटीका केविन डे ब्रुइनले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ४३ औं मिनेटमा रियाद महारेजले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

पहिलो हाफको इन्जुरि समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-१ ले अघि बढाए।

दोस्रो हाफको ७१ औं मिनेटमा फेरन टोरेसले गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

खेलको ८३ औं मिनेटमा रियाद महारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-१ ले अघि बढाए।

त्यसपछि खेलको ८८औं मिनेटमा कोल पार्मरले गोल गर्दै सिटीलाई ६-१ को सानदार जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi