neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुआरेजको दुई गोलमा एट्लेटिको शीर्ष स्थानमा

सुआरेजको दुई गोलमा एट्लेटिको शीर्ष स्थानमा

Sep 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ असोज

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेजले दुई गोल गरेका थिए । गेटाफेले एक गोल आत्म्घाती उपहार पाएको थियो।

खेलको ४५ औं मिनेटमा गेटाफेले आत्म्घाती गोलबाट अग्रता लिएको थियो ।

गेटाफेका स्टेफन मित्रोभिकको हेड एट्लेटिको मड्रिडका गोलकिपर जन ओब्लकलाई छुदै पोस्टमा छिरेको थियो ।

दोस्रो हाफको ७४ औं मिनेटमा गेटाफे १० खेलाडीमा समेटिएको थियोे ।गेटाफेका कार्ल्स अलेनाले रातो कार्ड पाउदै मैदान छाड्नु परेको थियोे ।जसको फाइदा एट्लेटिकोले उठायो ।

खेलको ७८ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलको अन्तिम मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै एट्लेटिको मड्रिडले छ खेलबाट १४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको।पराजित गेटाफे अंक विहीन तालिकाको १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi