आधारभूमि संवाददाता
काठमाडौ, ५ असोज
मंगलबार थप १ हजार ३३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ६२२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८६ हजार ५७७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट१३ हजार ६२२ जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख १३ हजार ५१२ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप १८३० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १८३० जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ५४ हजार पुगेको छ ।
थप पाँच को मृत्यु
पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३ पुगेको छ।