neapl investment mega bank
  • गृहपृष्ठ
  • ओलीको रिटमा सर्वोच्चले झिकायो सक्कल फाइल

ओलीको रिटमा सर्वोच्चले झिकायो सक्कल फाइल

Sep 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ५ असोज

सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसद सांसद् पदमुक्तीको माग गर्दै दायर गरिएकोको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले रिटमा सक्कल फाइल झिकाउने आदेश जारी गरेको छ । मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डा।कुमार चुडालको संयुक्त इजलासले निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो । आदेशमा निर्वाचन आयोग, संघीय संसद् सचिवालय र लुम्बिनी प्रदेश सभाबाट सक्कल फाइल झिकाउन आदेश भएको हो ।

सर्वोच्चले के कति आधारमा निर्वाचन आयोगले दल त्यागसम्बन्धी कानुनमा टेकेर निर्णय गरेको हो, त्यसैगरी सभामुखले के कति आधारमा निर्णय गरेका हुन् सो को सक्कल फाइलको अध्ययन गरिसकेपछि मात्रै निर्णय गर्ने भन्दै सो फाइल झिकाउन आदेश दिएको हो।

इजलासले निर्वाचन आयोगका भदौ ९ तगे गरेको निर्णयको फाइल, सभामुख अग्नि सापकोटाले भदौ १३ गते गरेको निर्णयको सक्कल फाइल मगाउन आदेश गरेको हो ।

एमालेले निष्कासन गरेका सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा ९एकीकृत समाजवादी०दर्ता गरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।