neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा नापोली शीर्ष स्थानमा

इटालियन सिरी ए फुटबलमा नापोली शीर्ष स्थानमा

Sep 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ५ असोज

इटालियन सिरी (ए) फुटबलमा नापोलीले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४-० गोलले पराजित गरेको हो ।

नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेन,अमीर रहमानी,कलिदोउ कोउलिबल्य र हिर्विङ लोअजनोले एक-एक गोल गरे ।

खेलको २४ औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३५ औं मिनेटमा अमीर रहमानीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५२ औं मिनेटमा कलिदोउ कोउलिबल्यले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ८४ औँ मिनेटमा हिर्विङ लोअजनोले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसंगै नापोलीले चार खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित उडीनेको चार खेलबाट ७ अंक छ र आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi