आधारभूमि संवाददाता
काठमाडौँ, ५ असोज
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गरेपछि हारबाट जोगिएको हो ।सोमबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा ग्रानाडाले बार्सिलोनासंग अंक बाड्नु परेको हो ।
खेलमा ग्रानाडाका लागि डोमिङोस दुअर्तेले एक गोल गरे। बार्सिलोनाको लागि रोनाल्ड अरौजोले एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा ग्रानाडाका डोमिङोस दुअर्तेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफको ९० औं मिनेटमा बार्सिलोनाको रोनाल्ड अरौजोलेएन्टले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
बराबरीसँगै बार्सिलोनाले चार खेलबाट आठ अंक जोडेको छ र सातौं स्थानमा छ।ग्रानाडाको पाँच खेलबाट तीन अंक छ र १७ औं स्थानमा छ ।