काठमाडौ, असोज ४
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य सन्ंतोष कुमार पाण्डेको सभापतित्वमा चेम्बर अन्तर्गत गठित प्रचार प्रसार तथा अतिथि सत्कार समितिका पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गर्नु भएको छ ।
नव गठित समितिकोे सह सभापतिमा योगेस क्षेत्री तथा सदस्यहरुमा क्रमश पकंज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, राम राजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपति देव पाण्डे, अनिल परियार नवराज चालिसे, मोहन ओझा, सोना अमात्य सुनिता वतासु रमिता राजभण्डारी रमेश ढकाल मनाेिनत भएकाछन । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष भएकोले चेम्वरको छाता मुनी वसी अर्थतन्त्रको बिकासको लागि योगदान दिनु हुने बताउँदै व्यवसायीहरुको वास्तबिक मर्कालाइ सम्प्रेषण गर्न पनि आग्रह गरेकाछन ।
अध्यक्ष मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हाशिल गरेका व्यक्तिहरुकोे प्रतिनिधित्व भएकोले नव मनोनित टीमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । समितिका सभापति सन्तोष कुमार पाण्डेले वर्तमान टीम नया सोच लिएर गठन भएका छ । नव गठित समितिले आगामी दिनहरुमा नया कार्यक्रमहरु ल्याइने बताए । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।