neapl investment mega bank
  • गृहपृष्ठ
  • सोमबार थप एक हजार ९५ जनामा कोरोना सङ्क्रमण, २९५७ जना डिस्चार्ज, आठ को मृत्यु

सोमबार थप एक हजार ९५ जनामा कोरोना सङ्क्रमण, २९५७ जना डिस्चार्ज, आठ को मृत्यु

Sep 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज ४

सोमबार थप एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ८१७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८५ हजार ५४१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ८१७ जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख ३ हजार ८८६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २९५७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २९५७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ५२ हजार १७० पुगेको छ ।

थप आठ को मृत्यु

पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४८ दुई पुगेको छ।