neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार छैठौं जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार छैठौं जित

Sep 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ४ असोज

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार छैठौं जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमार र माउरो इकार्डीले एक-एक गोल गरे ।लियोनका लुकास पक्वाटाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता लियोनले लिएको थियो । खेलको ५४ औँ मिनेटमा लियोनका लुकास पक्वाटाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको ६६ औं मिनेटमा पीएसजीका नेयमारले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा पीएसजीका माउरो इकार्डीले गोल गर्दै टोलीलाई २-१ को सहज जित दिलाए ।

जितसँगै पीएसजीले छ खेलबाट १८ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित लियोनको छ खेलबाट आठ अंक छ र तालिकाको आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi