neapl investment mega bank
  • गृहपृष्ठ
  • अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्ट्स

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्ट्स

Sep 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ४ असोज

इटालियन सिरी ए फुटबलकमा युभेन्ट्स एसी मिलानसँग राबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो ।

खेलमा युभेन्ट्सको लागि अल्वारो मोराटाले एक गोल गरे भने एसी मिलानको लागि एन्ट रेबिकले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो।खेलको चौथो मिनेटमा युभेन्ट्सका अल्वारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ७६औं मिनेटमा मिलानका एन्ट रेबिकले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सले चार खेलबाट दुई अंक जोडेको छ र १८ स्थानमा छ।एसी मिलानको चार खेलबाट दश अंक छ र दोस्रो स्थानमा छ ।