neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा

Sep 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ४ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३-० गोलले पराजित गरेको हो ।

टोटेनहमको मैदानमा चेल्सीलाई जित दिलाउन थियागो सिल्भा,एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक-एक गोल गरे ।चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ४९ औँ मिनेटमा थियागो सिल्भा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा एनगोलो कान्टेले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए।

त्यसपछि इन्जुरी समयमा एन्टोनियो रुडिगरले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले पाँच खेलबाट १३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित टोटेनहमको पाँच खेलबाट नौ अंक छ र तालिकाको सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi