neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको सहज जित

Sep 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ४ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसी लिंगर्डले एक-एक गोल गरे ।वेस्ट ह्यामका साइद बेन्राह्माले एक गोल गरे ।

खेलमा पहिलो अग्रता वेस्ट ह्यामले लिएको थियो । खेलको ३० औँ मिनेटमा वेस्ट ह्यामका साइद बेन्राह्माले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको ३५ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि दोस्रो हाफको ८९ औँ मिनेटमा जेसी लिंगर्डले गोल गर्दै टोलीलाई २-१ को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले पाँच खेलबाट १३ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पराजित वेस्ट ह्यामको पाँच खेलबाट आठ अंक छ र तालिकाको आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi