आधारभूमि संवाददाता
काठमाडौ, ३ असोज
आइतबार थप ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार १३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८४ हजार ५६६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार १३ जनाको परीक्षण भएको छ । हालसम्म ४० लाख ९३ हजार १०० जनाको पीसीआर परीक्षण गरिएको छ।
थप १४१३ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १४१३ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ४९ हजार २१३ पुगेको छ ।
थप १२ को मृत्यु
पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४० पुगेको छ।