neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बन्दा बन्दै किन रोकियो कर्म नासा पुल ,५ मिनेटको बाटोमा १ घण्टा लाग्ने : जनतालाई सास्ती ठेकेदार–कर्मचारीलाई मस्ती

बन्दा बन्दै किन रोकियो कर्म नासा पुल ,५ मिनेटको बाटोमा १ घण्टा लाग्ने : जनतालाई सास्ती ठेकेदार–कर्मचारीलाई मस्ती

Sep 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ३ असोज

ललितपुर महानगरपालिका वडा नं. ८ र महालक्ष्मी नगरपालिका २ जोड्ने निर्माणधिन कर्मनासा खोलाको पुल बन्दा बन्दै अलपत्र अवस्थामा पुगेको छ । आ. व. २०७४/०७५ को असोज २६ गते सम्झौता गरी पौने ६ करोड रकममा ठेक्का सम्झौंता कम्पनी जय वागेश्वरी मेगा नेपाल जे.भि. नेपालगञ्ज बाँकेले समयमा काम नसकेकोले पुल निर्माण ढिलो भएको हो ।

सडक डिभिजन कार्यालयका ललितपुरका डिभिजन इञ्जिनीयर अर्जुन सवालका अनुसार आउदो श्रावण महिना सम्ममा तलको फाउण्डेशन बनाएर माथि आउछु भनेको पानी र लकडाउनको कारणले ढिलो भएको सडक डिभिजन कार्यालय ललितपुरका अर्जुन सुवालले बताए । ठेकेदार कम्पनी जय वागेश्वरी मेगा नेपाल संचालक यज्ञ के.सी. भन्छन् १८ महिना सम्म त नक्सा डिजाइन कम्पनीले नक्सा बिगारेको काम ढिलो भएको बताए ।

यस विषयमा महालक्ष्मी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राम सुवेदीले आफूलाई सडकका डि.ई. ठेकेदार कम्पनीले ठेक्का सम्झौता अगाडी सबै काम समयमा गर्छौं भनी आश्वाशन दिएको सम्झौंता पछि सडकका डि. ई. ठेकेदार कम्पनी सम्पर्कमा नआएको बताए । स्थानीय फर्निचर व्यापारी ४३ वर्षीय दुर्गा थापाका बताउछिन् पुल ढिलो भएकोले बालकुमारी सम्म जान ५ मिनेटको बाटो घण्टौं सम्म लाग्ने हुँदा साह्रै गारो भएको छ यो देशमा कुनेै सरकार भएको जस्तो लागेन भएको भए हामी जनताले यस्तो दुःख पाउँदा किन आँखा चिम्लिएर बस्थ्यो । अर्का फलफुल व्यापारी बीना भुजेल भन्छीन यो पुल समयमा नबनेकोले हामीलाई धेरै दुःख पनि भयो ५ मिनेटको बाटोमा एक घण्टा लाग्ने र गाडी भाडा पनि बढी तिर्नु पर्ने भएकोले यो सरकार हामी गरीब जनताको लागि नभएको वताइन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi