neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

साविक विजेता सिटी बराबरीमा रोकियो

Sep 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी र साउथह्याम्पटन बराबरीमा रोकिएका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै म्यानचेस्टर सिटीले पाँच खेलबाट १० अंक जोडेको छ र दोस्रो स्थानमा छ।साउथह्याम्पटनको पाँच खेलबाट चार अंक छ र १५ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi