neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीद्वारा २४ वटा मोटरसाईकल धनिलाई जिम्मा

ट्राफिक प्रहरीद्वारा २४ वटा मोटरसाईकल धनिलाई जिम्मा

Sep 18th, 2021

काठमाडौ, असोज २

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन ।

मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताउनुभयो ।

उहाँले सवारी साधनको चोरी न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको र सम्बन्धित धनीहरुले समेत सुरक्षाका उपाय र सजक रहनु पर्ने बताउनुभयो ।

रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिन बहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्टस, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आले, हरिभक्त शाही, भाईराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजिभ अर्याल, राजेन्द्र के.सी., किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको हराएका मोटरसाइकलहरू यस महाशाखाको पीडित सहायता ईकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास एव पक्राउ गरि सम्बन्धीत धनीलाई बुझाएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi