neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मनाङका केही स्थानमा यातायात सञ्चालन

Sep 17th, 2021

मनाङ, १ असोज /रासस

माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन् । गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।

सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार पछि सवारी सञ्चालनमा आएको डुम्रे–बँेसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमजुङको बेँसीसहरदेखि मनाङको नासोंको खोत्रोसम्म , चामे र माथिल्लो मनाङ ङिस्याङमा पनि सवारी सञ्चालन भएको छ । उहाँले सदरमुकाम चामेसम्म दशैँ अगावै यातायात सञ्चालन गरिने लक्ष्य रहेको बताउनुभयो । “सडक मर्मत तथा सम्भारको भइरहेको छ । वर्षा भइरहेकाले समस्या छ ।” उहाँले भन्नुभयो, “वर्षा भइरहेको छ । एक ठाउँमा बनायो । अर्को स्थानमा भत्किने समस्याले अलि गाह्रो भएको छ ।”

सो सडक खण्डको एक सय सात किलोमिटरमध्ये लमजुङको बँेसीसहरदेखि नासों –१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।त्यस्तै चामे गाउँपालिकामा स्थानीयसहितका सहयोगमा पालिकाम पूरै सवारी सञ्चालन भएको उहाँले बताउनुभयो ।

आयोजना प्रमुख पन्तका अनुसार सो सडक खण्डअन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ । उक्त सडकअन्तर्गत माथिल्लो र तल्लो मनाङलाई जोड्ने तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi