neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरीको श्री स्वेत बाराही मन्दिर क्षेत्र ब्यवस्थापन समिति अध्यक्षमा जोग बहादुर महर्जन

गोदावरीको श्री स्वेत बाराही मन्दिर क्षेत्र ब्यवस्थापन समिति अध्यक्षमा जोग बहादुर महर्जन

Sep 17th, 2021

ललितपुर,१ असोज

बिहिबार गोदावरी १४ बाडेगाउँ स्थित श्री स्वेत बाराही मन्दिर क्षेत्र ब्यवस्थापन समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ।

प्रमुख अतिथी प्रदेश सदस्य माननीय राजकाजी महर्जन , गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन विशेष अतिथि रहेको साधारणसभा कार्यक्रम मन्दिर परिसरमा नै गरिएको थियो ।

प्रथम साधारणसभाबाट मन्दिर ब्यवस्थापन समिती गठन भएको र अध्यक्षमा जोग बहादुर महर्जन निर्बिरोध निर्बाचित भएका छन। राम कृष्ण महर्जन उपाध्यक्ष , राजेन्द्र महर्जन सचिब , कृष्ण मुकुन्द महर्जन सह सचिब ,कोषाध्यक्षमा निरोज बज्राचार्य र पदेन सदस्य जग्गन्नाथ महर्जन सहित ८ जना सदस्य गरेर १३ सदस्य समिती गठन भएको सचिब राजेन्द्र महर्जनले जानकारी दिएका छन ।