neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

Sep 16th, 2021

रुपन्देही, ३१ भदौ /रासस

प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए ।