neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग :बराबरीमा रोकियो पीएसजी

च्याम्पियन्स लिग :बराबरीमा रोकियो पीएसजी

Sep 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ भदौ
च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।बुधबार राति भएको नयाँ सिजनको आफ्नो पहिलो खेलमा पीएसजीलाई बेल्जियनको क्लब ब्रुग्गेले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा पीएसजीको लागि एन्डर हेरेराले एक गोल गरे।क्लब ब्रुग्गेको हन्स भानाकेनले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भने पीएसजीले लिएको थियो।खेलको १५ औँ मिनेटमा पीएसजीका एन्डर हेरेराले केलियन एम्बाप्पेको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको २७ औँ मिनेटमा क्लब ब्रुग्गेको हन्स भानाकेनले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै समुह (ए) मा रहेका दुवै टोलीले समान एक एक अंक जोडेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi