neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरीमा ५ दिने पर्यटनमा आधारित उद्धमशिलता बिकास तालिम सम्पन्न

गोदावरीमा ५ दिने पर्यटनमा आधारित उद्धमशिलता बिकास तालिम सम्पन्न

Sep 16th, 2021

आधारभूमि संवाददाता

ललितपुर, ३१ भदौ

ललितपुरको गोदावरीमा ५ दिने पर्यटनमा आधारित उद्धमशिलता बिकास तालिम सम्पन्न भएको छ। गत शुक्रवार देखि २९ गते मङ्गलबार सम्म ५ दिन गोदावरी नगरपालिका वडा .३
“टौखेलमा गोदावरी सरोकार र सवा नेपाल ” दुईवटा संस्थाको सहकार्यमा पर्यटनमा आधारित उद्धमशिलता बिकास तालिम सम्पन्न भएको हो।

प्रमुख अतिथिमा गोदावरी भिलेज रिसोर्टका सन्चालक युबा उद्धमी आशुतोश आचार्य, विशेष अतिथीहरुमा प्रहरी निरीक्षक सुजित कुमार ओझा, गोदावरी ३ जनप्रतिनिधि महिला सदस्य सङ्गिता तामाङ्ग , प्रशिक्षक गोकुल प्याकुरेल, प्रेम राज न्यौपाने , तालिम सम्योजक दिपक बस्नेत, परियोजना सम्योजक श्रद्धा ढकाल , सामाजिक परिचालिका शान्ता शाक्य, अध्यक्ष बेबि राजभण्डारीको सभा अध्यक्षतामा तालिम समापन कार्यक्रम गरिएको थियो ।

गोदावरी नगरपालिकाका वडा.१ गोदामचौर, गोदावरी वडा.२ बिशन्खुनारायन , गोदावरी.३ टौखेल, गोदावरी.४ बडिखेल ,गोदावरी.९ छम्पी, गोदावरी.१४ ठैबका युबा तथा महिलाहरु ३५ जना सहभागीलाई प्रशिक्षण दिइएको छ ।

स्विच एसिया र यूरोपियन यूनियनको आर्थिक सहयोगमा यू.यन. ह्यबीटाट को सहकार्यमा पर्य सम्पदा परियोजना अन्तर्गत काठमांडौका विभिन्न सम्पदा बस्तिहरुको पर्यटन , पर्यावरण र सम्पदाको जगेर्ना गर्दै त्यसैलाई आधार मानेर आर्थिक जिबिकोपार्जनमा प्रत्यक्ष सकारात्मक प्रभाब पार्ने उद्देश्यले युवा उद्धमी र महिला उद्धमी को उत्पादन गरि आर्थिक निर्णय क्षमता वृद्धि गर्नु कार्यक्रमको उदेश्य रहेको थियो।

प्रमुख अतिथि आशुतोष आचार्यलाई कार्यक्रममा सम्मान गरिएको थियो र आचार्यले सहभागीहरुलाइ हौसला र प्रेरणा प्रदान गर्दै गोदावरीको बिकासमा साथ र सहयोग रहने बिचार ब्यक्त गरेका थिए।

गोदावरी सरोकारलाई सवा नेपालको तर्फबाट प्रशम्सा पत्र प्रदान गर्दै तालिम सम्योजक दिपक बस्नेतले सहभागीहरुको उत्साहलाई सम्मान ब्यक्त गरेका थिए ।

सहभागिहरुले उत्पादन गरेको सामाग्री धुप, प्राङ्गारिक मल ,अचार ,मस्यौरा, मुकुट , मसला, चियापत्ती लगायतको स्टल राखेर बिक्री बितरन गरेको र चियापत्ती ब्यवसायी महिला उद्धमी दलिमायाले अतिथिहरुलाइ चियापत्ती मायाको चिनो दिएकी थिइन ।

आगामी शनिबार गोदावरी सरोकारको कार्यालयमा बाटेको धुप बनाउने तालिम हुन गैरहेको सरोकारका कोषाध्यक्ष सबिना श्रेष्ठले आधार्भुमिलाइ जानकारी दिएकी छिन्।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi