neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ठगी गरेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य पक्राउ

ठगी गरेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य पक्राउ

Sep 15th, 2021

काठमाडौं, भदौ ३०

बिक्री गरी सकेको जग्गा पुनः बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका–३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका–९ घर भएका युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

कटुवाल र काठमाडौं महानगरपालिका–१० बस्ने मोरङ केराबारी गाउँपालिका–६ घर भएका धिरज कुमार दाहालले पीडितसँग चिनजान गरी दाहालको नाममा रहेको मोरङ साविक केरावारी गाबिस–६ मा रहेको कित्ता नम्बर ६३८ को क्षेत्रफल ०–१–१० र कित्ता नम्बर ६४० को क्षेत्रपल ०–७–२–० को जग्गाहरु बिक्री गर्ने भन्दै जग्गाको मूल्य कायम गरी काठमाडौ सुकेधारामा बैना गरी उक्त नगद लिई जग्गाहरु पास नगरी सम्पर्क विहिन भएका थिए । उनी सम्पर्क विहिन भएपश्चात मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भईसकेको जग्गा पुनःबिक्री गर्ने भन्दै कटुवालले ठगी गरेको खुल्न आएपश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनलाई ठगी कसूरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाउनुका साथै फरार रहेका दाहाल समेतको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi