neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

देशलाई असल जनताको खाँचो …

Sep 15th, 2021

-सन्तोष प्रसाद तिवारी
काठमाडौ, भदौ ३०

नेपालको इतिहासको पाना पल्टाएर हेर्ने हो भने, मानवीय हक, अधिकार, समानता र स्वतन्त्रताको लागि धेरै युद्ध भए, बारम्बार जनताले देसको नेतृत्वको परिक्षा पनि लिइराखे। आखिर ती सबै त्याग र बलिदान पानीका फोका जस्तै भए। अन्त्यमा उहीँ जनता नै अनेकौं दल र सङगठनमा समाहित हुन पुगे, आफ्ना आवश्यकता पुर्ण हुनसक्ने सम्भावनाको अभिलाशाका साथ,वास्तविक रुपमा नयाँ परिवर्तन र शासकिय स्वरुपको रुपान्तरणको लागि गरिएको प्राप्त उपलब्धि र बलिदानको एउटै स्वार्थ देखियो। त्यो हो नेतृत्वहरूको व्यक्तिगत स्वार्थ, अहमता, छल र कपट अनि सत्ता र शक्तिमा रमाउने र राज्यको सम्पत्तिको ब्रह्मलुट गरिरहने ,जनताको पनि एउटा न एउटा राजनितिक दल वा सङगठन विना अलग रहनै नसक्ने अवस्था आएको छ। देसमा प्रजातन्त्रको स्थापना गरे,पञ्चायती व्यवस्थाको लामो अभ्यास गरे, निर्दल र बहुदलमा बहुदल ल्याए, अहिले संघीय लोकतान्त्रीक गणतन्त्रमा मडारीरहेका छन्।

आखिर के-के तन्त्र बाँकि छन् र आउने छन् समयले नै निर्धारण गर्ला। तर देश र जनताको प्रगति , उन्नति र विकास भने कहिल्यै भएको देखिएन, अभाव र गरीबीबाट जनता ग्रसित छ ,केही हुनेखाने र सम्पन्न कहलिएकाहरु पनि आउने अन्धकार भविष्यलाई देखेर मर्माहित भएका छन्। जति-जति नाटकिय रुपका परिवर्तनहरु भए, त्यति नै नेपाल देश विदेशीको परनिर्भरतामा भर परि डिग्री गरेका युवापिँढि युरोप ,अमेरिका र खाडीमा गई श्रम बेच्न बाध्य बनेका छन्।

यता देसका शाषक भन्नेहरु जनताको नाममा ठगेर विदेशीहरूबाट तलब, भत्ता र बोनस खाईरहेका छन् , अनेकौं असमान सन्धि सम्झौता गरेर देसलाई कित्ता कित्तामा विदेशीलाई बेचिरहेका छन्, जनता र राष्ट्रको हिट विपरीत विदेशीको ईसारामा लम्पसार वाद र आत्माविलाचोनवादमा रहेर देसलाई अफगान र सोमालिया बनाउन यँहाका शाषकवर्ग तत्पर रहेका दखिन्छन् । यस्तै-यस्तै प्रवृत्तिका देशका विवेकहीन र असक्षम शासकका कारण हातमा डिग्रीको सर्टिफिकेट लिएर वैदेशिक रोजगारका लागि भौतारिएका नवयुवाहरू कहिले आफ्नो देशको विकाश र सम्वृद्धि भई स्वाभिमानी र इज्जतका साथ देसमै काम गरी बाच्ने अवसर पाईएला भनि यसको प्रतीक्षा लामो समय देखि नै गरिरहेका छन्। राजनितिक दलको भरिया र अभियान्ताको ढोंग रचेर बारम्बार विदेशीलाई गाली गर्ने र अनि त्यहीँ विदेशीको परनिर्भरताले चलेको देश र यहाँका वैदेशिक रोजगारका प्यासा नागरिकहरूको भविष्य अन्धकार छ, दासत्व र अधिनायकत्वमा स्विकार गर्न नचाहने जनताहरू आज २१ औ शताब्दीमा उहीँ दासत्व र अधिनायकत्वको घुमाउरो मोडालिटीमा दिन प्रतिदिन हेपिँदै र पेलिँदै गइरहेका छन्।

जनता सबै राजनितिक दल र विदेशी डलरमा चलेका अभियन्ताको कार्यकर्ता भैसकेकाले देशमा आजको दिनसम्म आइपुग्दा जनता नै छैनन् । मात्र नेता, कार्यकर्ता , राजनीतिक दल र अभियन्ताको सङगठन। देशमा कसैलाई कसैको चिन्ता छैन,राष्ट्रियताको नाममा बार्गेनिङ मात्र भईरहेको छ, दलहरुले पनि सत्ता र शक्तिको लागि आफ्नो राजनितिक सङगठनलाई नै विदेशीको उपनिवेशमा सुम्पिएर जनतालाई नाटकिय रञ्गमञ्चको दर्शक मात्र बनाएका छन्।यता जनता अलपत्र छन् ,हराईरहेका छन्। छिमेकि लगाएत तेस्रो मुलुकले मादल बजाईरहेका छन्,यता विभिन्न दल, संगठन र अभियन्ताको नाममा देशलाई जहिले पनि अशान्ति ,अराजकता र राजनीतिक अस्थिरताको दिशातिर धकेलेर रञ्गमञ्चमा तमासा देखाईरहेका छन्। अनि त्यहि जनता विरोधि र सत्ताधारी, अन्त्यमा न्यायाधिस पनि, वास्तवमा अहिले देखिएको यहि हो। जनता हरेक राजनितिक दल र अभियन्ताको खेताला बनिसकेका छन्। यदि साँच्चै नेपाल देश, राष्ट्र र राज्य चाहिन्छ भने,सर्वप्रथम देशको असल, ईमान्दार ,अनुशासित र सक्षम जनता बन्न आवश्यक छ, अनि देसको असल र योग्य नेतृत्व पनि।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi